+
+
Shares

पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले दिए इरानलाई धन्यवाद

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नो ‘झोंक’ फालिसकेका छन्, र आशा छ अब थप ‘घृणा’ हुने छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते २:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिए।
  • उनले भने, ‘प्रक्षेपित १४ मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल भए।
  • ’ उनले थपे, ‘कोई अमेरिकीलाई चोटपटक पुगेको छैन र क्षति पनि भएको छैन।

९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिएका छन् । उनले तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भनेका छन् ।

‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल’ भएको भन्दै उनले फेरि एकपटक अमेरिकाले इरानका आणविक स्थलहरु ध्वस्त पारेको दोहोर्‍याएका छन् ।

कतारस्थित अमेरिकी सैन्य आधारमाथि मिसाइल प्रहार गर्नु अघि सूचना दिएकाले कतारी र अमेरिकी जनशक्तिमा कुनै क्षति नभएको समेत उनले बताएका छन् ।

‘म खुसीसाथ जानकारी दिन चाहन्छु कि कुनै पनि अमेरिकीलाई चोटपटक पुगेको छैन र झण्डै कुनै क्षति पनि भएको छैन’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नो ‘झोंक’ फालिसकेका छन्, र आशा छ अब थप ‘घृणा’ हुने छैन ।’

उनले ‘अब इरान क्षेत्रीय शान्ति र सौहार्दतर्फ अघि बढ्न सक्ने’ समेत भनेका छन् । ‘म इजरायललाई पनि त्यही गर्न उत्साहपूर्वक प्रोत्साहित गर्नेछु’, उनले थप लेखेका छन् ।

जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण गरेपछि इरानले जवाफी हमला गरेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।

दोहामा रहेको अमेरिकी सैन्य वेसलाई लक्षित गरेर हवाई आक्रमण भएपछि इरानले ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ गरेको कतारले प्रतिक्रिया दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?