+
+
Shares

वडाध्यक्षको निधनमा थबाङमा शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते ८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको थबाङ गाउँपालिकाका वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधनपछि गाउँपालिकाले शोक बिदा दिएको छ।
  • उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित थिए र उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भए।
  • गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए।

१० असार, दाङ । रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो ।

वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए ।

उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टी उनी सागर उपनामले चिनिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?