
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटाएको जनाएको छ।
- सुनको मूल्य आज तोलामा १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ, जुन सोमबार भन्दा कम हो।
- चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर २ हजार १ सय ६० रुपैयाँ कायम भएको छ।
१० असार, काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज मंगलबार घटेको छ ।
सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4