
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजार विकास समितिले जनाएको अनुसार, सुकेको प्याजको मूल्य तीन दिनमा ६ रुपैयाँले बढेको छ।
- मंगलबार प्याजको थोक मूल्य न्यूनतम ४६ र अधिकतम ५० रुपैयाँ रहेको छ।
- अघिल्लो हप्ता र महिनामा प्याजको मूल्य क्रमशः ४४-४६ र ४०-४२ रुपैयाँ थियो।
१० असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ क्रमशः उकालो लागेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ उकालो लागेको देखाएको हो । तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँ बढेको छ ।
कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भएको थियो ।
१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4