
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘यो मन त मेरो नेपाली हो’ फिल्मको शीर्ष गीतको छायांकन जरसिंह पौवास्थित साँगा चोकमा गरिएको हो।
- गीतको संगीत विकास चौधरी, शब्द शंकर अधिकारी घायल र गायन कमल रसाइलीले गरेका हुन्।
- फिल्मको प्रचार र छायांकनमा कलाकार र निर्देशक जुटेका छन् र २७ असारदेखि प्रदर्शनमा आउनेछ।
काठमाडौं । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत छायांकन गरिएको छ । जरसिंह पौवास्थित साँगा चोकमा सोमबार गीत खिचिएको हो ।
विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको गीतले फिल्मको कथावस्तु दर्शाउँछ । गीतको भिडियोमा शीर्ष कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । फिल्मको प्रवर्धन र बाँकी काम टुंग्याउन नेपाल आएका निर्देशक र कलाकार छायांकनमा जुटेका हुन् ।
फिल्मलाई यसै महिनाको सुरुवातमा अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा विशेष प्रदर्शन गरिएको छ । पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् ।
पटकथा शिवम अधिकारीले लेखेका हुन् । फिल्म ‘यो मन त मेरो नेपाली हो’ २७ असारदेखि प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4