
News Summary
Generated by OK AI. Editorially reviewed.- 'मिस नेपाल २०२५' को फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ।
- आयोजक संस्था 'द हिडन ट्रेजर'ले पत्रकार सम्मेलनमार्फत यसवर्षको संस्करण घोषणा गरी प्रत्यक्ष प्रसारण हिमालय टिभीले गर्ने जानकारी दिएको हो।
- प्रतियोगितामा मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
काठमाडौं । ‘मिस नेपाल २०२५’ को फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले मंगलबार पुल्चोकस्थित ‘द प्लाजा’मा पत्रकार सम्मेलन गर्दै यसवर्षको ‘मिस नेपाल’को संस्करण घोषणा गरेको हो । फिनालेलाई हिमालय टिभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
१४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलोपटक ‘कोस्मो इन्टरन्यासनल’मा सहभागिता जनाउन लागेको हो । सन् २०२४ की मिस कोस्मोले यसवर्षको मिस नेपालको फिनालेमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
पपुलर च्वाइस, ब्युटीफुल हेयर, इन्टलेक्चुअल, मिस सिल्क, मिस कन्फिडेन्ट, फोटोजेनिक, फेस अफ द इयर, वुमन विथ विंग्स, ब्युटी विथ अ पर्पस, डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, इ मोबिलिटी, टाइमलेस ब्युटी, इम्पावर्ड च्वाइस र ब्युटीफूल स्किन सहविधामा पनि प्रतिस्पर्धा हुनेछ ।
द हिडन ट्रेजरले प्रतियोगितामा सहभागी हुन आवेदन आह्वान समेत गरेको छ । जसअनुसार इच्छुकले असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम उचाइ ५ फिट ३ इन्च, १८ देखि २७ वर्षसम्मको उमेर भएका, नेपाली नागरिकतावाहकले आवेदन दिन सक्ने जनाइएको छ ।
विर्तामोड, नेपालगञ्ज, जनकपुर र काठमाडौंमा अडिसन आयोजना गरिने भएको छ । असार १६ गते विर्तामोड, असार २० गते नेपालगञ्ज, असार २४ गते जनकपुर र असार २८ गते काठमाडौंमा अडिसन आयोजना हुनेछ । छनोट हुने प्रतियोगीले फिनालेको तयारीका लागि प्रशिक्षण प्राप्त गर्नेछन् ।
काठमाडौंका १० कलेजमा मिस नेपाल एक्टिभेसन क्याम्पेन पनि आयोजना हुनेछ । द हिडन ट्रेजरले यससँगै स्थापनाको ३० औं वार्षिकोत्सव पनि मनाउँदैछ ।
प्रतिक्रिया 4