+
+
Shares

मुसिकोट नगरपालिकाको बजेट ७० करोड बढी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते ६:५४

११ असार, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको १८औं नगरसभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेकी हुन्। उनले प्रस्तुत गरेको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएको बताइन् ।

नगरपालिकाले कुल बजेटमध्ये पुँजीगततर्फ २१ करोड ५७ लाख ९० हजार रुपैयाँ र चालु खर्चतर्फ ४८ करोड ५६ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको हिस्सा ठूलो रहेको यो बजेटले सेवा प्रवाह, पूर्वाधार निर्माण र कृषि-शिक्षा–स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।

नगर उपप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले यसपटकको बजेटलाई रोजगारी सिर्जना, उत्पादन र सेवा विस्तारमा केन्द्रित गर्ने लक्ष्य लिएको बताइन् ।  ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ भन्ने नारालाई आत्मसात् गर्दै बजेट निर्माण गरिएको उनको भनाइ छ ।

मुसिकोट नगरपालिका नेपाली कफीको उत्पत्ति स्थलका रूपमा परिचित छ । त्यसैले यस वर्षको बजेटमा ‘कफी बगैंचा गाउँगाउँमा- मुसिकोटको सौरभ, गुल्मीको गौरव’ भन्ने नारासहित कफी खेती प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगरपालिकाले नमूना कफी बगैंचा स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्दै ‘कफी लगाऔं, आम्दानी बढाऔं’ भन्ने दीर्घकालीन दृष्टिकोणलाई अगाडि बढाएको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीलगायत सेवा क्षेत्रको पहुँच विस्तारलाई समेत बजेटमार्फत प्राथमिकता दिएको छ । ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल सुधारका लागि छुट्टै योजनासहित रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

मुसिकोट नगरपालिकाको बजेट जिल्लाका १२ वटा स्थानीय तहहरु मध्येको धेरै बजेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?