+
+
Shares

माधव नेपालको निवेदन विशेष अदालतको इजलास २ मा, यी हुन् न्यायाधीश

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते ११:२७
विशेष अदालतमा उपस्थित हुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको हो।
  • नेपालले अदालतमा उपस्थित हुन निवेदन दर्ता गराएका थिए र बयान दिने तयारीमा छन्।
  • बुधबार सुरु हुने बयान छिटोछरितो रूपमा टुंग्याउने योजना छ र बयानपछि बहस हुनेछ।

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।

इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा नेपाल केहीबेरअघि विशेष अदालतमा उपस्थित भएका छन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ । अनि उहाँले बयान गर्नुहुन्छ ।’

बुधबार सुरु हुने बयान छिटोछरितो रूपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?