+
+
Shares

संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल गरौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रहरी ऐन सम्बन्धी विधेयकमा गहिरो छलफल आवश्यक रहेको बताए।
  • सबै सरोकारवाला र सम्बन्धित पक्षको रायसुझाव लिएर विधेयकलाई व्यापक छलफल गर्न उनले आग्रह गरे ।
  • प्रहरी विधेयक लामो समयदेखि छलफलमा रहेको र यसलाई परिमार्जनसहित पारित गर्नुपर्ने उनको भनाइ छ ।

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका हुन् ।

‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो । ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ । अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं ।’

उनले आफू प्रधानमन्त्री हुँदा पनि प्रहरी ऐन विधेयकका विषयमा लामो छलफल भएको चर्चा गरे । ‘सैद्धान्तिक र नीतिगत विषय लामो समयदेखि छलफल हुँदै आएका हुन् । म सरकारको नेतृत्वमा हुँदा पनि प्रहरी विधेयकमा छलफल हुने र अगाडि बढाउने प्रयास गरेको थिएँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?