+
+
Shares

गभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड, सुन ४५ तोला

पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुइटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति छ।
  • उनले आफ्नो सम्पत्तिमा घरजग्गा, सुन, गाडी, सेयरलगानी र नगदको विवरण दिएका छन्।
  • उनले सम्पत्तिको स्रोत स्वआर्जन र पैतृक भएको उल्लेख गरेका छन्।

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।

केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । उक्त विवरण अनुसार पौडेलसँग घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद छ ।

पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुई वटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।

गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने प्रतिभा शर्माको नाममा ३ वटा छन् । बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख छ ।

गभर्नरले प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी उनी विभिन्न ६ कम्पनीको संस्थापक लगानीकर्ता छन् ।

गभर्नर पौडेल संस्थापक रहेका कम्पनीमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जी हुन । ग्लोबेकोमा प्रतिभा शर्माका नाममा पनि लगानी गरेका छन् ।

त्यसैगरी उनले सनिमा माई हाइड्रोपावर संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गरिसकेका छन । पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन गरेको उल्लेख गरेका छन् ।

पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा छ । तर, उनले आफूसँग भएको ४५ तोला सुनको मूल्य भने उल्लेख गरेका छैनन् । त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?