+
+
Shares
आजको सेयर बजार :

नेप्से सामान्य घट्दा मोदी र तेह्रथुम हाइड्रोको सेयरमा सकारात्मक सर्किट

मंगलबार र बुधबारको कारोबार हेर्दा नेप्से सूचकमा सामान्य परिवर्तन भएको छ भने कारोबार रकममा पनि त्यति सुधार हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जको परिसूचक बुधबार स्थिर रह्यो।
  • मौद्रिक नीति र वित्तीय विवरणको प्रतीक्षाले बजारमा अनिश्चितता बढाएको छ।
  • बुधबार नेप्से सूचक घटे पनि केही कम्पनीको सेयर मूल्य र कारोबार रकम बढेको छ।

११ आसार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । मंगलबार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३३ अंकले घटेको हो ।

मंगलबार र बुधबारको कारोबार हेर्दा नेप्से सूचकमा सामान्य परिवर्तन भएको छ भने कारोबार रकममा पनि त्यति सुधार हुन सकेको छैन ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा सूचीकृत कम्पनीको चालु आव चौथो त्रैमासको वित्तीय विवरण पर्खेका लगानीकर्ता अन्योलमा देखिएका छन् । मौद्रिक नीति र चालु आवको विवरण नआएसम्म लगानी बढाउने वा घटाउने निर्णय गर्न नसक्दा सेयर बजारले गति लिन नसकेको लगानीकर्ता बताउँछन् ।

बुधबार कारोबार सुरु हुँदा २६००.५३ अंकमा रहेको नेप्से ०.३३ अंकले घटेर २६००.२० अंकमा झरेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि सामान्य घटेको छ ।

बुधबार नेप्से सूचक घटे पनि १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बुधबार नेप्से घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ । नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम मंगलबारको तुलनामा समान्य बढी हो । मंगलबार नेप्सेमा ५ अर्ब ७६ करोड बराबरको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । बुधबार उक्त कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १.२९, वित्त ११.४१, लगानी ०.४३, उत्पादन १४.४३, माइक्रोफाइनान्स ९.९३, अन्य समूह ४.८१ र व्यापार ४५.११ अंकले घटेका छन् ।

त्यसैगरी विकास बैंक १.३३, होटल ९६.१९, जलविद्युत् २३.७१, जीवन बीमा ८.०१, सामूहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह १२.४५ अंकले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?