
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीले अख्तियारको तर्फबाट बहस पैरवी गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तमाथि प्रश्न उठाएका छन् ।
नेपालका तर्फबाट थुनछेक बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् ।
मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यस विपरीत भएको भन्दै उनले प्रश्न गरे ।
तर, त्यस विपरीत सरकारी वकिलको साटो स्वतन्त्र कानुन व्यवसायी पन्त बहस पैरवीमा उपस्थित भएको भन्दै उनले प्रश्न उठाए ।
मुद्दालाई अनावश्यक लम्ब्याउन खोजिएको भन्दै उनले प्रश्न उठाएका हुन् ।
उनले भने, ‘आरोपपत्रमै अरु कानुन व्यवसायीले बहस पैरवी गर्ने भनेको भए हुन्थ्यो । नत्र, सरकारी वकिलले बहस गर्ने भनेर अरु कानुन व्यवसायी उपस्थित गराउनु चाहिँ आपत्तिजनक भयो ।’
प्रतिक्रिया 4