+
+
Shares
ओटीटी :

‘पञ्चायत ४’को अन्तिम एपिसोडलाई सबैभन्दा कम रेटिङ

चुनावी माहोलको कथावस्तुबारे बनेको श्रृंखलाको अन्तिम एपिसोडलाई सबैभन्दा खराब मानिएको छ, जसको मूल्याङ्कन अघिल्लो सिजनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ, जसले गर्दा दर्शक निराश भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘पञ्चायत सिजन ४’ को अन्तिम एपिसोडलाई सबैभन्दा कम रेटिङ प्राप्त भएको छ, जसले दर्शकलाई निराश बनाएको छ।
  • सामाजिक सञ्जालमा दर्शकहरूले कथामा नयाँपन नहुने र कमेडी घट्ने भन्दै प्रतिक्रिया दिएका छन्।
  • श्रृंखलाले फुलेरा गाउँको चुनावी माहोल देखाएको छ, जसमा बनराकस जित्छ र मंजू देवी पराजित हुन्छिन्।

मुम्बई । प्राइम भिडियोमा रिलिज भएको श्रृंखला ‘पञ्चायत सिजन ४’लाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । केहीले यसलाई मन पराए भने केहीले यसमा कमेडी र बुझाउने कुरामा कमी भएको महसुस गरे ।

चुनावी माहोलको कथावस्तुबारे बनेको श्रृंखलाको अन्तिम एपिसोडलाई सबैभन्दा खराब मानिएको छ, जसको मूल्याङ्कन अघिल्लो सिजनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ, जसले गर्दा दर्शक निराश भएका छन् ।

चौंथो सिजनले अघिल्लाभन्दा सबैभन्दा कम रेटिङ प्राप्त गरेको छ । आइएमडिबिका अनुसार, सिजन १ को अन्तिम एपिसोड ‘जब जागो तभी सवेरा’ लाई ८.८, सिजन २ को ‘परिवार’ लाई ९.६ र सिजन ३ को ‘हमला’ लाई ९.० रेटिंग दिइएको थियो । तर सिजन ४ को अन्तिम एपिसोडलाई मात्र ८.४ रेटिंग प्राप्त भएको छ ।

सामाजिक सञ्जालमा धेरै दर्शकले सिरिजको कथा अब पहिले जस्तो रमाइलो नलाग्ने, राजनीतिक प्रभाव भएको र कमेडी पक्ष हराउँदै गएको भन्दै निराशा व्यक्त गरेका छन् ।

यस सजनमा फुलेरा गाउँको चुनावी माहोललाई देखाइएको छ जहाँ बनराकस चुनाव जित्छन् र मंजू देवी पराजित हुन्छिन् । जितेन्द्र कुमार सचिवको भूमिकामा पुनः देखा परेका छन् भने नीना गुप्ता, रघुबीर यादव, फैजल मलिक, चन्दन राय, दुर्गेश कुमार लगायतका कलाकार पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?