+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ११ बजेदेखि दुई घण्टा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १०:४३

१२ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

त्यसैले संभावित दुर्घटनालाई न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदै छ । त्यसैले डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘आज मिति २०८२/०३/१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ ।’

सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?