+
+
Shares

अभिनेता निर्मल शर्माले पारिश्रमिकको ६६ प्रतिशत हिस्सा नलिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता निर्मल शर्माले ‘सेभ प्रड्युसर्स फस्ट’ अभियानअन्तर्गत आफ्नो पारिश्रमिकको ६६ प्रतिशत हिस्सा नलिने घोषणा गरे।
  • उनले सामाजिक संजालमा लेख्दै भने, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, चलचित्र क्षेत्रप्रतिको प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ।’
  • यस घोषणालाई निर्माता, निर्देशक र अन्य कलाकारहरूले समर्थन जनाएका छन्, र पारिश्रमिक सम्बन्धि चर्चाले पुष्टि नभएको बताइन्छ।

काठमाडौं । अभिनेता निर्मल शर्माले लामो समयदेखि ‘सुरुमा निर्मातालाई जोगाउनुपर्छ’ भन्ने धारणा राख्दै आइरहेका छन् । निर्माता जोगिएमात्र फिल्म उद्योग सुरक्षित हुन्छ भन्ने उनको मत छ ।

यसअघिदेखि नै उनले ‘सेभ प्रड्युसर्स फस्ट’ अभियान चलाउँदै आएका छन् । यस्तोमा, उनले निर्माताको व्यवसायिक सुरक्षाको लागि आफूले अभिनय गर्ने फिल्मबाट प्राप्त हुने पारिश्रमिकको ६६ प्रतिशत हिस्सा नलिने घोषणा गरेका छन् ।

सामाजिक संजालबाट यस्तो घोषणा गर्दै उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, चलचित्र क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु, मैले कुनै महान काम त गरेको हैन तर हालसालै पदर्शन भएको आफूले पनि खेलेको चलचित्रले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ । लिन बाँकी ६६% पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन । सेभ प्रड्युसर्स फस्ट ।’

उनको यो पोस्टमा निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा लगायतले समर्थन जनाएका छन् ।

पछिल्लो समय फिल्मबाट कलाकारले धमाधम लाखौं पारिश्रमिक लिएको भन्ने चर्चाबीच अभिनेता शर्माले यस्तो घोषणा गरेका हुन् । केही दिनअघि निर्माता अधिकारीले पनि कलाकारलाई ठूलो रकम पारिश्रमिक दिन नसकिने आशय व्यक्त गरेका थिए ।

केही दिनदेखि कलाकार केदार घिमिरे, अनमोल केसी लगायतले लाखौं पारिश्रमिक लिएको चर्चा चलिरहेको छ । निर्माता र कलाकारले दावी गरिरहेपनि यसको स्वतन्त्र र प्रमाणिक पुष्टि भैसकेको छैन ।

अनमोल केसीले ‘ए मेरो हजुर ५’बाट ६० लाख पारिश्रमिक लिएको चर्चा केही मिडियामा चलेको थियो । यसबारे अनलाइनखबरसँग कुरा गर्दै निर्माता सुनिलकुमार थापाले यो खबर गलत भएको बताएका छन् । ‘हाम्रो आपसी सहमति छ । बाहिर आएका यतिउतिका कुरा गलत हुन्’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?