
News Summary
Generated by OK AI. Editorially reviewed.- सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
- सडकमा खसेको ढुंगा हटाउन बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो।
- उक्त स्थानमा ढुंगा झार्न र पन्छाउन लङ बुम एक्साभेटर प्रयोग गरिएको थियो।
१२ असार, चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।
कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।
तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने र पन्छाउने काम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4