+
+
Shares

नारायणगढ–मुग्लिन सडक : ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक

सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो । तर, ढुंगा हटाउने काम नसकिएपछि समय थप गरेर दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार ३ बजेसम्म बन्द रहनेछ।
  • सडक डिभिजन कार्यालयले पहिरोको जोखिम र ढुंगा हटाउने कामका कारण समय थप गरेको हो।
  • सवारीसाधनलाई लेन अनुशासन पालना गर्न र रोक्न अनुरोध गरिएको छ।

१२ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ ।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो ।

तर, ढुंगा हटाउने काम नसकिएकोले समय थप गरेर दिउँसो ३ बजे पुर्‍याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ ।

सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य जारी छ ।

उक्त समय अवधिभर लेन अनुशासन पालना गरी सवारीसाधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?