+
+
Shares

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु, १७ असारसम्म चल्ने

कार्यक्रमको औपचारिक उद्घाटन ललितपुर महानगरपालिका–१२ का वडाध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवालले गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा बिहीबारदेखि ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ।
  • महोत्सवमा जुनसुकै बाइकलाई आकर्षक मूल्य र अफरसहित साट्न पाइनेछ।
  • अधिक जानकारीका लागि कार्यक्रम १२ देखि १७ असारसम्म सञ्चालन हुनेछ।

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे एक्स्चेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट २०८२’ बिहीबार ललितपुर लगनखेल बसपार्कमा भव्य उद्घाटन समारोह सहित औपचारिक रूपमा सुरु भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन ललितपुर महानगरपालिका–१२ का वडाध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवालले गरे ।

१२ देखि १७ असारसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफर सहित सहजै एक्स्चेन्ज गर्न पाइने छ । यामाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्यांकन र फाइदासाथ साट्ने अवसर प्राप्त हुनेछ ।

यामाहा ब्लु फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्स्चेन्ज गर्न मिल्ने, यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार रुपैयाँको मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्स्चेन्जमा अतिरिक्त १० हजार बोनस र ६ हजारसम्मको नगद छुटको अफर पाइने छ ।

यस्तै फ्रि एसेसरिज, आगामी आर्थिक वर्ष २०८२/८३ को सडक कर भुक्तान निःशुल्क, ७.९९ प्रतिशत ब्याजदरमा वित्तपोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?