+
+
Shares

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भयो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
  • साथै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ६५ रुपैयाँ पुगेको छ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?