
News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षासँगै आएको बाढीले नुवाकोटको ककनी गाउँपालिका-१ कागतीगाँउमा एक महिला बेपत्ता भएकी छन्।
- बाढीले घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् र उनका पति घाइते भएका छन्।
- बाढीले थप तीन वटा गोठमा क्षति पुर्याएको र खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
१३ असार, काठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् ।
बाढीमा परेर उनको श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले अनलाइनखबरलाई जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ ।
ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको छ ।
बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको डीएसपी लामाले बताए ।
प्रतिक्रिया 4