+
+
Shares

संसारकै महंगो विवाह भेनिसमा सुरु, हलिउड स्टारहरू पुग्ने क्रम जारी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी अर्बपति जेफ बेजोस र लउरेन सान्चेजको विवाह भेनिसमा तीन दिनसम्म चल्ने कार्यक्रम आयोजना भयो।
  • लगभग २०० पाहुनाले ५५.६ मिलियन डलर खर्चमा विवाह उत्सव मनाए, जसबाट ३५.१ मिलियन डलर नाफा हुने अपेक्षा गरिएको छ।
  • विवाह स्थल पूर्वी भेनिसको ऐतिहासिक ठाउँ हो र विभिन्न विश्वप्रसिद्ध सेलिब्रेटीहरू उपस्थित भएका थिए।

भेनिस (इटाली) । अमेरिकी अर्बपति जेफ बेजोस र लउरेन सान्चेजको विवाह इटालीको प्रसिद्ध पर्यटकीय थलो भेनिसमा सुरु भएको छ । विश्वचर्चित भीआइपी पाहुना र हलिउड सेलिब्रेटी भेनिस पुग्ने क्रम जारी छ ।

३ दिने यो वैवाहिक कार्यक्रम बिहीबारदेखि शनिबारसम्म चल्ने अपेक्षा गरिएको छ, जहाँ लगभग २०० पाहुनाहरूले अर्बपति तथा अमेजन संस्थापक र पूर्व पत्रकारसँग दुई वर्षको इन्गेजमेन्ट पछिको विवाहको उत्सव मनाउनेछन् ।

रोयटर्सका अनुसार यो विवाहको कूल खर्च ५५.६ मिलियन डलर (७ अर्ब ६३ करोड नेरु) हुने अनुमान छ । भेनिस पर्यटन काउन्सिलर सिमोन भेन्चुरिनीले सीएनएनलाई बताएअनुसार यो विवाह कार्यक्रमबाट नगरलाई ३५.१ मिलियन डलर नाफा हुने अपेक्षा छ ।

उत्सवको समयमा सान्चेजले विलासी पहिरनमा देखिने अनुमान छ । बुधबार पाँच तारे अमन होटलबाट विलासी पानी ट्याक्सीबाट निस्किरहेको देखिएपछि, सान्चेजले शहरमा आफ्नो पहिलो उपस्थितिको लागि पुरानो अलेक्ज्याण्डर म्याक्वीनको एक–काँधको गाउन रोजिन् । उनले शियापरेलीको पछिल्लो कउचर संग्रहबाट चम्किलो ब्रोकेड कोर्सेट ड्रेस लगाएकी थिइन् ।

बुधबार इभान्का ट्रम्प, पति जारेड कुशनर बच्चाहरूसँगै पुगे । बिहीबार किम कार्दशियन बहिनी ख्लो र आमा क्रिस जेनरसँग पुुगिन् । उनीहरूले अभिनेता ओर्लान्डो ब्लूमसँग कुराकानी गरिरहेको देखिएको थियो ।

ओप्रा विन्फ्रे र पूर्व एनएफएल क्वार्टरब्याक टम ब्राडी पनि विमानस्थलमा पानी ट्याक्सी चढ्ने विशिष्ट व्यक्तिहरूमा थिए । बिल गेट्स, केन्डल र काइली जेनर पनि उनीहरूको आगमनको समयमा देखिए ।

लियोनार्दो डिक्याप्रियो पनि भेनिस पुगेको देखिए । अन्य सेलिब्रेटीको फोटो पनि त्यहाँबाट आउने क्रम जारी छ । जहाँ विवाह हुन लागिरहेको छ त्यो थलो पूर्वी भेनिसको ऐतिहासिक ठाउँ हो ।

विवाहभर ९० निजी विमान र ३० पानी ट्याक्सी प्रयोग हुनेछन् । २५० पाहुनालाई ५ विलासी होटलको ब्यवस्था गरिएको छ । जेफ बेजोस र लउरेन सान्चेजको यो विवाहलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले ब्यापक कभरेज गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?