
१३ असार, काठमाडौं । सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4