
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरी रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको छ ।
- शुक्रबार काठमाडौंका १४ ठाउँमा अभियानका लागि डेस्क सञ्चालन गरिएको रास्वपाले जानकारी दिएको छ।
१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ ।
शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको छ । लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जेलमा छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जानकारी दिएको छ ।
प्रतिक्रिया 4