
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले पूर्वसचिव रघुराम विष्टलाई सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा नियुक्त गरेको छ।
- समितिको पदावधि तीन वर्ष रहनेछ र सदस्यहरूमा रोहितकुमार बिसुराल र थानेश्वर गौतम नियुक्त भएका छन्।
- सार्वजनिक खरिद ऐन, २०६३ अनुसार समिति गठन हुँदै आएको हो।
१३ असार, काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ ।
बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4