
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रा. डा. शिवराज अधिकारीले पालिका र प्रदेशलाई मानव विकाससँग सम्बन्धित अनुदान दिइएको बताए।
- योजना आयोगले इन्डेक्सका आधारमा प्राथमिकता निर्धारण गरेको र विशेष अनुदान मानव विकाससँग सम्बन्धित रहेको उनले स्पष्ट गरे ।
- उपाध्यक्ष अधिकारीले २० वटा इन्डिकेटर प्रयोग गरी पालिकाहरूको श्रेणी निर्धारण र अनुदान वितरण गरिएको जानकारी दिए ।
१३ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले पालिका तथा प्रदेशहरूलाई दिइएको अनुदान मानव विकाससँग सम्बन्धित रहेको बताएका छन् ।
दलित महिला संघ (फेडो) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ दलित सम्बन्धी तथ्यांकीय प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा मुख्य अतिथि रहेका उपाध्यक्ष अधिकारीले योजना आयोगले समपूरक र विशेषको मोडालिटी परिवर्तन गरी इन्डेक्सका आधारमा प्राथमिकता निर्धारण गरेको जानकारी दिए ।
उनले हिजो विशेष अनुदान भनिने सबै बजेट भौतिक अन्तर्गत जाने गरेको भन्दै संविधानमै अन्य प्रयोजन भनी मानव विकास, मानव सभ्यता, मानव सपोर्ट भनी उल्लेख भएको हुँदा अहिले जति विशेष अनुदान प्रदान भएको छ, ती सबै मानव विकाससँग सम्बन्धित रहेको प्रष्ट पारे ।
उपाध्यक्ष अधिकारीले त्यसमा पनि दलित, समुदाय लगायतलाई लक्षित गरी मापदण्ड बनाएको पनि बताए ।
उपाध्यक्ष अधिकारीले दलित, समावेशिता, आयआर्जन, पूर्वाधार विकास लगायत गरी २० वटा इन्डिकेटर प्रयोग गरी पालिकाहरूलाई श्रेणी निर्धारण गरिएको र सोही श्रेणीका आधारमा अनुदान दिएको बताए । जसबाट शून्य दशमलव ५प्रतिशत गरिबी घट्ने अनुमान समेत गरिएको छ ।
प्रतिक्रिया 4