+
+
Shares

प्रधानमन्त्रीको सम्बोधनमा पनि रास्वपाले विरोध जारी राख्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ११:४४

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको सांसद हरि ढकालले जानकारी दिए ।

आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा बैठक बस्नुअघि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री ओली बोल्दा पनि अवरोध गर्ने निर्णय गरेको ढकालले बताए ।

‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । प्रधानमन्त्री बोलिरहँदा पनि हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘सरकारले बनाएको झारा टार्ने समिति हामीले मानेका छैनौं । हाम्रो माग उच्च स्तरीय छानबिन समिति गठन नहुन्जेलसम्म भिजिट भिसा मार्फत् मानव तस्करी गरिएको यो प्रकरण सुल्झिंदैन’, उनले भने ।

संसदको चौथो दल ३४ दिनसम्म आन्दोलित भइरहँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गरेकोले आन्दोलन जारी राखिएको उनले बताए ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ । सरकारले समिति बनाए पनि रास्वपाले त्यसलाई विश्वास गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?