+
+
Shares

ईश्वर पोखरेलको प्रश्न– विद्या भण्डारीले राजनीतिमा चासो राख्नु कुन अनौठो हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १८:०५

१४ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सल्लाह र समझदारीबाटै पूर्वराष्टपति विद्यादेवी भण्डारीबारे निर्णय हुने बताएका छन् ।

शनिबार स्व. नेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विद्या भण्डारी राजनीतिमा आउने कुरालाई उनको राजनीतिक धर्मको रुपमा रहेको जिकिर गरे ।

‘पूर्वराष्ट्रपति राजनीतिमा आउने वा नआउने तपाईंहरूलाई सगसग होला । राष्ट्रपति दललाई नै प्रतिनिधित्व गरेर जानुभयो,’ उनले भनिन्, ‘त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो, उहाँ पोलिटिकल मान्छे हो । यो कुरामा किन इफ बट भनेको ? पोलिटिक्समा रुचि हुन्छ । गरेरै आएको मान्छे हो । यो कुन अनौठो कुरा हो ?’

उनले जिम्मेवारी लिने कुरा भने सल्लाह र समझदारीले हुने बताए ।

‘जहाँसम्म जिम्मेवारी लिने कुरा छ, सल्लाहले समझदारीले, जे सल्लाह र समझदारी हुन्छ त्यही हुन्छ । किन यो अनेक खालका कुरा ट्याट्याक गरेको,’ पोखरेलले भने, ‘पूर्वराष्ट्रपति पनि राजनीतिक मान्छे हो । यसमा रुचि राख्नु उहाँको धर्म हो । न्यारो ढंगले सोच्न हुँदैन ।’

राजतन्त्रको विरोध गरेर गणतन्त्रको पक्षमा आएको के काम ? भन्न थालियो भने हाँस्यास्पद हुने उनले बताए ।  ‘के गर्ने भन्ने सल्लाह हुन्छ, टुंगिन्छ । त्यसमा तातेको तावामा उफ्रिएजस्तो किन गरेको ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?