+
+
Shares

‘ऊनको स्वीटर’का कलाकार र निर्माताले केक काटेर मनाए ५१ दिन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ।
  • फिल्मले देशभर १० करोडभन्दा बढी कमाइ गरेको छ र कलाकारहरूले धन्यवाद व्यक्त गरे।
  • निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शकप्रति आभार व्यक्त गरे।

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा ‘सक्सेस सेलिब्रेसन’ समारोह आयोजना गरियो जहाँ ‘कास्ट एन्ड क्रू’ले केक काटेर खुसी बाँडे ।

मुलुकका ४० भन्दा हलमा फिल्म अहिले पनि प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले अहिलेसम्म देशब्यापी न्यूनतम १० करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ ।

आयोजित समारोहमा विपिन कार्की, मिरुना मगरसहितका कलाकारले दर्शकलाई धन्यवाद दिए । निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकप्रति आभार प्रकट गरे । उनले यस फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए ।

तस्वीरहरू : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?