+
+
Shares

१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक आइतबार २६.५३ अंकले बढेर २६२२ मा कायम भयो।
  • बजारमा १८५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घट्यो र ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो।
  • बैंकिङ र शक्तिशाली सेक्टरले उच्च वृद्धि देखाउँदै बजारमा सकारात्मक प्रभाव पारे।

१५ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो ।

कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो ।

त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढे

एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो । यो समूह ०.५६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो ।

जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.४९, पन्चकन्य माइ हाइड्रोपावरको ३.२०, पियोर इनर्जीको ३.१९ तथा बुटवल पावरको ३.०३ प्रतिशत मूल्य घट्यो ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप तथा राधि विद्युत् क्रमशः अगाडि छन् । बजारको कुल पूँजीकरण रकम ४३ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?