
१६ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्री रघुजी पन्तले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटेर फर्किएका छन् । उनी सानेपा पुगेर देउवालाई भेटेर सिंहदरबारमा भेट गरेर फर्किएका हुन् ।
यसैबीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सभामुख देवराज घिमिरे भेट गरे ।
समितिबाट आज शिक्षा विधेयक पारित गर्ने तयारी भए पनि पास हुन सकेको छैन ।
विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त र समिति सभापति थापा दौडधुपमा उत्रिएका हुन् ।
समितिबाट विधेयक पारित गराएर प्रतिनिधिसभामा पठाउने अन्तिम चरणमा पुगेको भए पनि केही विषयमा विवाद कायम हुँदा पेचिलो बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4