+
+
Shares
विद्यालय शिक्षा विधेयक :

शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि सुरु भयो शिक्षा समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १६:१४

१६ असार, काठमाडौं । शिक्षा समितिको बैठक सुरु भएको छ ।

बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न विलम्ब भएको थियो ।

असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ ।

आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।

हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।

समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए ।

विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको हो ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?