+
+
Shares

शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित, कहिले बस्ने टुंगो छैन

सभापतिले भने– ‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरी बैठक स्थगित गरियो’

समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि सत्ता गठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षामन्त्री रघुजी पन्तको आग्रहमा प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित भयो।
  • सभापति अम्मरबहादुर थापाले बैठक स्थगितको निर्णय सहमतिबाट ब्याक नहुने गरी गरेको बताए।
  • शिक्षामन्त्रीले जटिल परिस्थिति र छलफल आवश्यकताका कारण केही दिनका लागि विधेयक पारित नगरी छलफल गर्न आग्रह गरे।

१६ असार, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?