
१६ असार, काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेको एसपी बोहराले बताए ।
लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । गम्भीर घाइते भएका उनीहरूलाई वीर अस्पताल लगिएकोमा अपराह्न सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4