
१७ असार, काठमाडौं । नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको पाइएको छ ।
सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यो आगमन २०२४ को यसै अवधिको तुलनामा भने घटेको हो । २०२४ को ६ महिना अवधिमा आगमन ५ लाख ८३ हजार ११ थियो । कोभिड महामारी आउनुअघि अर्थात् २०१९ को ६ महिनामा भने ५ लाख ७३ हजार आगमन भएको देखिएको छ ।
नेपालले आगमन दर उत्साहजनक रूपमा बढाउन सकेको छैन । यसले गर्दा कुनै पनि वर्ष लक्ष्य अनुसार पर्यटक आएको देखिँदैन ।
जुन २०२५ मा भने ७६ हजार ४ सय २४ पर्यटक आएका छन् । यो महिना भने अहिलेसम्मकै धेरै पर्यटक आएको देखिन्छ । २०२४ जुनमा ७६ हजार ३ सय ३३ पर्यटक आएका थिए ।
२०२३ मा ७२ हजार २ सय ५० आएका थिए । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतीयको संख्या ३२ हजार ६ सय ६२ छन् । दोस्रो नम्बरमा अमेरिकी छन् । अमेरिकीको संख्या ९ हजार ९ सय ६९ छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् ।
यो महिनामा ६ हजार ७ सय ३६ चिनियाँले नेपाल भ्रमण गरेका छन् । यसबाहेक बंगलादेशी ५ हजार ४ सय ४९, बेलायती २ हजार २ सय ८४, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् ।
२०२५ मा कुन महिना कति पर्यटक भित्रिए ?
जनवरी : ७९ हजार ९ सय ९१
फेब्रुअरी : ९६ हजार ८ सय ८०
मार्च : १ लाख २१ हजार ६ सय ८७
अप्रिल : १ लाख १६ हजार ४ सय ९०
मे : ८६ हजार २ सय १६
जुन : ७६ हजार ४ सय २४
प्रतिक्रिया 4