+
+
Shares

स्पेनबाट प्रधानमन्त्री ओलीले भने : सहमति अगावै देउवाजीलाई पद सुम्पिन्छु

‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, अध्यक्ष ओलीले भनेका छन् ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असार १९ गते ७:१२
प्रवासी नेपाली मञ्चका कार्यकर्तासँग प्रधानमन्त्री ओली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
  • ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, प्रधानमन्त्री ओलीले भने ।
  • प्रधानमन्त्री ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेका नेपालीलाई शुभकामना दिंदै अस्थायी रूपमा बसिरहेका र कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका थिए ।

१९ असार, म्याड्रिड | प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।

भेटमा स्पेन र पोर्चुगलबाट आएका करिब ४० जना कार्यकर्ता सहभागी थिए।

प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार, प्रधानमन्त्री ओलीले भने, ‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो।अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन्। त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ।’

ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए। ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, अध्यक्ष गुरुङले ओलीको भनाइ उद्धृत गर्दै बताए।

प्रधानमन्त्री ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेका नेपालीलाई शुभकामना दिंदै अस्थायी रूपमा बसिरहेका र कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका थिए । ‘बाँझो जमिनमा कृषिका राम्रा सम्भावना छन्। धेरै साथीहरू फर्किएर त्यसमा लाग्नुभएको छ’, गुरुङले ओलीको भनाइ उद्धृत गर्दै भने।

भेटमा सहभागी केही कार्यकर्ताहरूले अनलाइनखबरसँग भनेका छन् कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियताबारे प्रधानमन्त्री ओलीले केही पनि बोलेनन् । यद्यपि एक सहभागीका अनुसार, प्रधानमन्त्रीले कांग्रेस-एमाले गठबन्धन भविष्यमा ‘घुमाउरो तरिकाले’ कमजोर पार्न सक्ने संकेत गर्दै, ‘पार्टीभित्र पनि त्यस्तो अवस्था आउन सक्छ, तर हालसम्म ठीकठाक छ’ भनेका थिए।

भेटमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका सचिव हेम शेर्पा,युरोप अध्यक्ष गुरुङ, स्पेन अध्यक्ष केदारनाथ ढुंगाना र पोर्चुगल अध्यक्ष दिपक खत्री लगायतको उपस्थिति थियो।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?