+
+
Shares

सेयर बजारले नाघ्यो २७ सय, फाइनान्समा फर्कियो आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक ९.१४ अंक बढेर २७०३ मा कायम भयो।
  • बजारले ९ अर्ब ६४ करोडको कारोबार गरेको छ, जसमा फाइनान्स समूहले ४.०९ प्रतिशत वृद्धि देखाएको छ।
  • नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य क्रमशः १०, ७.१७ र ७.०८ प्रतिशतले बढेको छ।

१९ असार, काठमाडौं । बिहीबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ ।

बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो ।

१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । आज फाइनान्समा आकर्षण देखिएको छ । बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो । गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएको थियो ।

आज बिहीबार भने एकै दिन यो समूह ४.०९ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत बढे । बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढे ।

व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ तथा सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । धौलागिरि लघुवित्तको ५.५५ तथा पाँचथर पावरको ३.७९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?