+
+
Shares

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते ६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विभागले आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
  • उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ, मधेश प्रदेशमा कम पानी पर्ने अनुमान छ।
  • महाशाखाले २४ घण्टाका लागि चेतावनी जारी गर्दै बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

२० असार, काठमाडौं । आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

यो प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

मधेश प्रदेशमा भने तुलनात्मक रुपमा कम पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम औंल्याएको छ ।

साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने पनि सम्भावना औंल्याएको छ ।

त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबै सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?