+
+
Shares

रातिमा माछा मार्न गएका माझीको गोहीको आक्रमणबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते ८:३५

२० असार, चितवन । चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अभिषेक माझी छन् ।

अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए । माछा मार्दै गर्दा अभिषेकलाई गोहीले तानेर खोलामा लगेको थियो ।

राति १ बजेर २० मिनेटतिर घटना भएको स्थानभन्दा २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?