+
+
Shares

चिकित्सक संघद्वारा थप आन्दोलन घोषणा, काउन्सिलको प्रमाणपत्र उसैलाई बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:११
फाइल तस्वीर

२० असार, काठमाडौं । आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् ।

संघको शुक्रबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव डा. सञ्जिव तिवारीले जानकारी दिए ।

उनका अनुसार, आन्दोलनका नयाँ कार्यक्रममा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय भएका छन् ।

जस अनुसार, असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् ।

उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?