+
+
Shares

राति ९ बजे नै सुत्नका लागि विदेशी पर्यटक आएका हुँदैनन् : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १४:२९

२१ असार, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ।

पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरुका लागि पर्यटन क्षेत्रहरु २४ सै घण्टा खुला गर्नुपर्ने बताए ।

‘९ बजे होटल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेसल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने ?’ उनले भने ।

उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गरे ।

‘त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको विक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठूलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?