
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि अझै सुधार आवश्यक रहेको बताएका छन्।
- उनले विद्यार्थीलाई देशको वर्तमान अवस्थालाई नकारात्मक र सकारात्मक दुवै दृष्टिले हेर्न आग्रह पनि गरे।
- थापाले राम्रो कार्यको लागि धन्यवाद दिन र अझ सुधार गर्न जिम्मेवारी लिन सुझाव दिए।
२१ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे ।
उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए ।
‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुई वटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस्,’ महामन्त्री थापाले भने ।
देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गर्दै महामन्त्री थापाले राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह पनि गरे ।
‘गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेशन गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस्,’ महामन्त्री थापाको आग्रह छ ।
प्रतिक्रिया 4