+
+
Shares

अरिजित सिंह बने स्पोटीफाइमा धेरै पछ्याइने संगीतकर्मी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय गायक अरिजित सिंह स्पोटीफाइमा ‘धेरै पछ्याइने संगीतकर्मी’ बनेका छन्।
  • अरिजित १५१ मिलियन फलोअर्ससहित पहिलो स्थानमा छन्।

२२ असार, काठमाडौं । भारतीय गायक अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’ बनेका छन्।

उनका १५१ मिलियन भन्दा धेरै फलोअर छन् । उनले यस क्रममा चर्चित गायिका टेलर स्वीफ्टलाई पनि पछि पारेका छन् । टेलरको १३९ मिलियन फलोअर छन् ।

यसअघि गत वर्षको अगस्टमा पनि अरिजितले टेलरलाई उछिनेका थिए । २०२३ को अगस्टमा पनि अरिजित सिंहले स्वीफ्टलाई उछिनेर छोटो समयका लागि जित हासिल गरेपनि स्वीफ्ट पुनः अगाडि आएकी थिइन् ।

‘स्पोटीफाइ’मा १०० मिलियन पार गर्ने अरिजित पहिलो भारतीय कलाकार हुन् । यद्यपी मासिक श्रोताको गणनामा भने अरिजितभन्दा टेलर नै अगाडि छिन् । टेलरको ८२ मिलन मासिक श्रोता छन् भने अरिजितको ४७ मिलियन मासिक श्रोता छन् ।

बेलायती गायक एड सिरन १२१ मिलियन फलोअरसहित तेस्रो स्थानमा छन् । उनको मासिक श्रोता भने ९८ मिलियन छन् ।

मासिक श्रोता भने ब्रूनो मार्सका सबैभन्दा धेरै छन् । उनका ११३ मिलियन मासिक श्रोता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?