+
+
Shares

एमाले सचिवको आरोपः प्रचण्डको नेतृत्वमा सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १२:३८
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सचिव रघुवीर महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बताए।
  • उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यसमा नेतृत्व दिइरहेको आरोप लगाए।
  • महासेठले वर्तमान सरकारको कुनै विकल्प नभएको र दुई पार्टीको तालमेलले सरकार अघि बढिरहेको बताए।

२२ असार, काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् ।

आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रयास भइरहेको बताएका हुन् ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहनुभएको छ’ उनले भने, ‘उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरू पनि छन् । स्वतन्त्र सांसदहरू पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत पनि छन् ।’

महासेठले वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि गठबन्धन तोड्ने प्रयासमा रहेको आरोप लगाए ।

‘यो सरकारलाई यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही मान्यजीहरू पनि हुनुहुन्छ । जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा क्रियाकलाप गरिरहनुभएको छ’ उनले भने, ‘मधेश प्रदेशका केही समानुपातिक सांसदहरू यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यसको विरोध गरिरहेको छ ।’

यी सबै प्रयासका बावजुद पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकूल अवस्थामा नपुगेको उनले जिकिर गरे ।

‘उहाँहरूको विरोधले अहिलेसम्म यो सरकार प्रतिकूल अवस्थामा पुगेको छैन’ उनले भने, ‘किनभने अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ ।’

सचिव महासेठले देशमा अहिलेको भन्दा कुनैपनि गठबन्धनको विकल्प नरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?