+
+
Shares

हिजबुल्लाहले भन्यो : इजरायलले चेतावनी दिँदैमा आत्मसमर्पण गर्दैनाैं

रासस रासस
२०८२ असार २२ गते १८:२०

२२ असार, लेबनान । हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लडाकूलाई निःशस्त्रीकरण गर्न दबाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताएका छन् ।

‘यो चेतावनी हामीलाई आत्मसमर्पण स्वीकार गर्न बाध्य पार्ने छैन,’ हिजबुल्लाहको गढ मानिने दक्षिणी उपनगर बेरुतमा आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै कासिमले भने ।

गत वर्ष इजरायल र हिजबुल्लाहबीच भएको युद्धपछि सत्ता सम्हालेका लेबनानी नेताहरूले पटक–पटक हतियार बोक्न राज्यको एकाधिकार कायम हुनुपर्ने बताएका छन् भने इजरायलले नोभेम्बरमा भएको युद्धविराम सम्झौताको पालना गर्न माग गरेको छ ।

गत सेप्टेम्बरमा इजरायलले हसन नसरल्लाहको हत्या गरेपछि लामो समयदेखि सत्तामा रहेका कासिमले समूहका लडाकुले हतियार नछोड्ने र पहिले इजरायलको ‘आक्रामकता’ रोक्नुपर्नेमा जोड दिए ।

अमेरिकी राजदूत टम ब्यारेकले सोमबार बेरुतमा सम्बोधन गर्ने अपेक्षा गरिएको बेला उनको यस्तो भनाइ आएको हो ।

लेबनानी अधिकारीहरूले इरान समर्थित हिजबुल्लाहलाई यस वर्षको अन्त्यसम्ममा निशस्त्रीकरण गर्न ब्यारेकको अनुरोधको जवाफ दिने छन्, नाम नबताउने शर्तमा लेबनानी अधिकारीहरूले बताए।

लेबनानी अधिकारीहरुले इजरायली सीमा नजिकै दक्षिणमा रहेको हिजबुल्लाहको सैन्य संरचना ध्वस्त पारिरहेको बताएका छन् ।

इजरायलले लेबनानमा नोभेम्बरमा भएको युद्धविरामको बावजुद पनि हिजबुल्लाहको निशानामा प्रहार गर्ने दाबी गर्दै आएको छ र बेरुतले उक्त समूहलाई निःशस्त्रीकरण गर्न पर्याप्त कदम नचालेको आरोप लगाएको छ ।

युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले आफ्ना लडाकुलाई इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लिटानी नदीको उत्तरमा फिर्ता लैजानु पर्नेछ ।

इजरायलले सम्पूर्ण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउने तयारी गरेपनि रणनीतिक ठानिएका पाँच स्थानमा आफ्नो सेनालाई तैनाथ गरिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?