
२२ असार, काठमाडौं। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियान चन्दा संकलन प्रयोजनका लागि भएको आरोप लगाएको छ।
चितवनका कांग्रेस सभापति राजेश्वर खनालले आइतबार विज्ञप्ति निकालेर आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसंग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन शंका उत्पन्न भएको जनाएका छन् ।
अनाधिकृत रुपले चन्दा संकलन गरिएको दाबी गर्दै कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ । पूर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति लामिछानेको रिहाईको बहानामा हस्ताक्षर र चन्दा संकलन अभियान चलाइएको चितवन कांग्रेसले जनाएको छ ।
सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन रास्वपाले यो क्रियाकलाप गरेको कांग्रेस चितवनका सभापति खनालाको दाबी छ । अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा प्रभाव नपार्न यो अभियान रोक्न उनको माग छ ।
हेर्नुहोस् चितवन कांग्रेसले निकालेको विज्ञप्ति :
प्रतिक्रिया 4