
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपथ्यले सन् २०२५ को युरोप टूरको घोषणा गरी अगस्ट ९ देखि सुरु हुने जानकारी दिएको छ।
- आस्थाले पनि सन् २०२४ को अन्त्यतिर अस्ट्रेलिया टूरको घोषणा गरेको छ।
- टिकट बिक्री वेबसाइटमार्फत खुला भएको छ।}
काठमाडौं । लोकरक ब्याण्ड ‘नेपथ्य’ले सन् २०२५ को लागि युरोप टूरको औपचारिक घोषणा गरेको छ । बहुचर्चित अमेरिका र अस्ट्रेलिया टूरपछि ब्याण्ड युरोप यात्रामा जान लागेको हो ।
विवरणमा जनाइएअनुसार, अगस्ट ९ मा लण्डनबाट टूर सुरु हुनेछ ।
२३ अगस्टमा डेनमार्क, २७ अगस्टमा माल्टा, ३१ अगस्टमा पोर्चुगल र ३ सेप्टेम्बरमा बेल्जियममा ब्याण्ड गुञ्जिने भएको हो ।
ब्याण्डले यो टूरको टिकट बिक्री पनि वेबसाइटमार्फत खुला भएको जनाएको छ ।
‘आस्था’ले घोषणा गर्यो अस्ट्रेलिया टूर
सन् २०२४ को अन्त्यतिर पुनर्मिलन भएपछि लोकप्रिय पप ब्याण्ड ‘आस्था’ पनि सक्रिय भएको छ । यो ब्याण्डले काठमाडौं र पोखरासहितका विभिन्न थलोमा कन्सर्ट गरिसकेको छ ।
नरेन लिम्बु र सुदीप गुरुङ सदस्य रहेको यो समूहले अस्ट्रेलिया टूरको घोषणा गरेको हो । जसमा अगस्ट ४ मा मेलबर्न, ६ मा ब्रिसबेन, ८ मा एडिलेड र १० मा सिड्नीमा ब्याण्डले प्रस्तुति दिने तय भएको हो ।
प्रतिक्रिया 4