
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ।
- उजुरीमा महासंघ दर्ताविना नै सञ्चालन भएको र अनाधिकृत रकम उठाएको आरोप लगाइएको छ।
- उजुरीकर्ताले महासंघको गतिविधि रोक्न र आवश्यक अनुसन्धान गर्न माग गरेका छन्।
२३ असार, काठमाडौं । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।
शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् ।
महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न निवेदककर्ताले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4