+
+
Shares

यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह

पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजा ज्ञानेन्द्र शाहले ८० औं जन्मदिनको अवसरमा नेपाल र नेपालीका लागि प्रार्थना गर्न आग्रह गरेका छन्।
  • उनले बाढी, पहिरो र पानीजन्य रोगबाट जोगिन सुझाव दिए।
  • शाहले नेपालभित्र नेपालीको भावना जागृत गर्न आवश्यक रहेको बताए।

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराजा शाहले अहिले बाढी, पहिरोको  समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह पनि गरे । साथै, उनले पानीजन्य रोगहरुबाट बच्न आग्रह गरेका छन् ।

‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । सबै दाजुभाइ, दिदिबहिनीहरू सतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ,’ शाहले भने ।

पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने बताए ।

‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?