+
+
Shares

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन् : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
  • उनले सरकारलाई दुई तिहाइको आडमा सदन चलाउन नदिने चेतावनी दिए।
  • उनले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि कर्मचारीसम्म मुछिएको भन्दै छानबिनको माग गरे।

२३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने बताएका हुन् ।

‘अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजिएको भन्दै आपत्ति पनि जनाए ।

‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको छ । संसारभरी नेपालीहरुको बदनामी भइराखेको यत्रो जल्दो बल्दो भिजिट भिसा प्रकरणमा किन छानबिन समिति गठन गर्नु भएन ?,’ उनको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?