
२३ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए ।
‘भेटमा दुई देशको विकास, आर्थिक मुद्दाहरूमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ,’ प्रवक्ता तिवारीले भने, ‘जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ ।’
भेटका क्रममा अन्य दुईपक्षीय चासोका विषयमा समेत छलफल भएको उनले जानकारी गराए ।
प्रतिक्रिया 4